८२ वर्षीय बाबुको हत्या गर्ने २९ वर्षीय छोरा पक्राउ





मिडिया एनपी, बैतडी, ३१ जेठ । बाबुको हत्याको आरोपमा बैतडी प्रहरीले छोरा सहित १ जनालाई पक्राउ गरेको छ । तल्लादेही धारीका ८२ वर्षीय अजी धामीको हत्याको आरोपमा उनका २९ वर्षीय छोरा जयबहादुर र अर्का छिमेकी २० वर्षीय हिराबहादुर धामी लाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
आइतबार राति ८ बजेतिर छोरा जयबहादुर र हीराबहादुरबीच भएको झगडा छुट्याउन गएका वृद्धको हत्या भएको थियो । पक्राउ परेका दुुबैलाई जिल्ला प्रहरी कार्यालय बैतडी लगिएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment