भैरहवामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक राखिने


भैरहवा, ५ असार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक निर्माणका लागि सिद्धार्थ साहित्य परिषद्ले अभियान थालेको छ ।
अभियानस्वरुप परिषद्ले संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईको संयोजकत्वमा उपभोक्ता समिति, परिषद्का आजीवन सदस्य विजय पाण्डेको संयोजकत्वमा अर्थ सङ्कलन समिति, प्राज्ञ बुंँद रानाको नेतृत्वमा मूल्याङ्कन तथा अनुगमन समिति बनाएको छ । सोही सिलसिलामा परिषद्ले सालिक निर्माणमा नैतिक र आर्थिक सहयोगका लागि आज भैरहवामा जम्मा भएका साहित्यकार र साहित्य अनुरागीसँग आग्रह समेत गरेको परिषद्का सचिव नरेश केसीले बताउनुभयो ।
कार्यक्रममा परिषद्का आजीवन सदस्य साहित्यकार विजय पाण्डेले देवकोटाको सालिक निर्माणमा सबैको एकताका लागि प्रतिबद्धताको खाँचो औँल्याउनुभयो । महाकवि देवकोटाको प्रतिमा निर्माणका लागि हालसम्म रु सवा लाख प्राप्त भइसकेको जनाइएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment