बाबुको कुटाइबाट छोराको मृत्यु


लहान, ६ असार । बाबुको कुटाइबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–२० निवासी एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जीत रामको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ   ।
गत जेठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले सञ्जीतसँगै उहाँका दाजु रञ्जीतलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते सञ्जीतको मृत्यु भएको छ भन्ने उहाँका दाजुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरीले जनाएको छ  ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment