मेरिल्यान्डमा सवारी चालक अनुमतिका लागि नेपाली भाषामा प्रवेश परीक्षा दिन पाउने


md-license-undocumented





वासिङ्टन डिसी, मेरिल्यान्ड राज्यका नेपाली भाषी बासिन्दाले ड्राइभिङ लाइसेन्सका लागि नेपाली भाषामा प्रवेश परीक्षा दिन पाउने भएका छन ।यससम्वनधी काम गर्ने सरकारी निकाय मोटर भेइकल एड्मिनिस्ट्रेसन एमभिए ले नेपाली भाषीहरुका लागिसमेत सम्बन्धित भाषामा परीक्षा दिने व्यवस्था गरेको हो ।
स्थानीय नागरिक अगुवा तथा गैरआवासीय नेपाली सङ्घ एनआरएन मेरिल्यान्ड च्याप्टरले यससम्वनधी पहल गर्दै आएका थिए । डेमोक्र्याट पार्टीका तर्फबाट योङ डेमोक्र्याट्स अफ अमेरिकाका एचवी भण्डारीले रासससँग सङ्क्षिप्त कुरा गर्दै नेपाली भाषीका लागि यो एक महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिनुभयो ।
अमेरिकाको मेरिल्यान्ड नेपालीको बसोबास बढी भएको क्षेत्रमध्येमा पर्छ । केही समय अगाडि मात्रै नेपाली मूलका अमेरिकन डा श्याम कार्कीलाई मेरिल्यान्डका गभर्नर ल्यारी होगनले दक्षिण एसियाली मामिलाको आयुक्त पदमा नियुक्त गर्नुभएको थियो ।
अमेरिकामा ड्राइभिङ लाइसेन्स लिनका लागि यससम्बन्धी ज्ञानको मापन गर्न कानुनी जाँच दिनुपर्ने वैधानिक व्यवस्था रहेको छ ।
यस अगाडि यस्तो परीक्षा अङ्ग्रेजी भाषाका अलावा स्पेनिस, फ्रेन्च, कोरियन, चाइनिज, भियतनामी मूलकाले आफ्नो मातृभाषामा दिन पाउने व्यवस्था रहेको थियो ।
आगामी अक्टोबरको पहिलो सातादेखि नेपाली भाषीले गैरव्यावसायिक लाइसेन्स अर्थात् सी लाइसेन्स लिनका लागि नेपाली भाषामा परीक्षा दिन पाउने हुन् । रासस
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment