काबुल आक्रमणः एउटा बस उम्कियो, अर्को विष्फोटमा पर्‍यो, यसरी भयो नेपाली सुरक्षागार्डमाथि तालिवानको आक्रमण


taliwan akraman




६ असार, काठमाडौं । सधैं जस्तै सोमबार बिहान नेपाली सुरक्षा गार्डहरु चढेका दुई बस काबुलस्थित क्यानेडियन दूतावासका लागि छुटे । एउटा बस दूतावास पुग्यो, तर अर्को पुगेन ।दूतावासमा कार्यरत एक नेपालीका अनुसार दूतावास र सुरक्षा गार्डहरु बस्ने ठाउँ करिव ३/४ किलोमिटर दुरीमा छ । पहिलो बस क्रस भए लगत्तै दोस्रो बसमा विष्फोट भएको ती नेपालीले बताए ।काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा जिम्मा बेलायती सेक्युरिटी कम्पनी सेबरले लिएको छ । र, उक्त कम्पनीले नेपालका भूपू सैनिकहरुलाई दिल्ली हुँदै अफगानिस्तानको राजधानी पुर्‍याएको थियो । दूतावासमा १४७ जना नेपाली सुरक्षागार्डका रुपमा कार्यरत छन् ।
‘हाम्रो तीन सिफ्ट थियो । तर, अहिले धेरैजना घर विदामा गएकाले ४१/४१ जनाको टिम बनाएर दुई सिफ्टमा काम गरिरहेको छौं’ नाम उल्लेख नगर्ने सर्तमा एक नेपालीले कालुबबाट भने, ‘अहिले हाम्रो १२ घन्टे ड्युटी छ ।’
ड्यूटीमा जाने र फर्कने बेला उनीहरुलाई बस सेवा उपलब्ध गराइएको छ । कोठाबाट दूतावास पुग्न जाम नभएको बेला १०/१५ मिनेट लाग्छ भने कहिलेकाहीँ आधा घन्टा पनि लाग्छ । बसमा यसरी यात्रा गर्दा सुरक्षाको उचित बस्दोबस्त छैन ।
अर्को गाडी गेट काट्नेबित्तिकै लुकेर बसेका आक्रमणकारीले विस्फोट गराएको बताइएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment