![]() |

गाईघाट (उदयपुर)। सुनसरीको चतराबाट उदयपुरको गाईघाट, कटारी, सिन्धुली, हेटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गअन्तर्गत उदयपुरको गाईघाटस्थित बरुवा खोलाको पुल निर्माणकार्य सम्पन्न भएको छ ।
विसं २०६८ बाट निर्माणकार्य सुरु भएको बरुवा पुल हालै निर्माणकार्य सम्पन्न भएको पुल निर्माण कम्पनी हरिहरि एपेक्सले बताएको छ । नेपाल सरकार तथा एसियाली विकास बैंकको करिब रु सात करोड लगानी सहयोगमा निर्माण भएको उक्त बरुवा पुलको अब छिट्टै उद्घाटन हुन लागेको पुल निर्माण कम्पनीका प्रतिनिधिहरुले बताएका छन् ।नौवटा पिलरसहित निर्माण भएको उक्त आरसिसी पुलको लम्बाइ दुई सय पाँच मिटर रहेको छ भने चौडाइ सात मिटर रहेको पुल निर्माण कम्पनीले बताएको छ । यस्तै उक्त पुलको उचाइ करिब तेह्र मिटर रहेको पुल निर्माण कम्पनीका प्रबन्ध निर्देशक केदार दाहालले जानकारी दिनुभयो । पुल निर्माण सम्पन्नसँगै उक्त पुुलबाट सवारीका साधनसमेत सञ्चालन हुन थालेका छन् ।
पुल निर्माण सम्पन्नसँगै पूर्वका सुनसरी, धनकुटा सङ्खुवासभासहितका पहाडी र तराईका जिल्लाका जनतालाई उदयपुर हुँदै सिन्धुली भएर राजधानी काडमाडौँ आवतजावत गर्न सहज भएको यस क्षेत्रका जनता तथा यातायात व्यवसायी बताउँछन् । विसं २०७२ को असार महिनामा नै पुल निर्माण गर्ने लक्ष्य राखिएपनि झन्डै एक वर्ष ढिलो गरेर उक्त पुल निर्माण भएको हो ।
![]() |

0 comments:
Post a Comment