![]() |

वागमती सफाइ महाअभियानको १६२ औँ हप्तामा आज थापाथली, कुपण्डोल आसपासको नदीमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
सफाइको १६२ औँ हप्तादेखि कार्यक्रमस्थल वरपरका घर÷घरमा गएर वागमतीमा फोहर नफालौँ, कसैले फालेमा कारबाहीका लागि नगरपालिकामा खबर गरौँ र सबैजना वागमती सफाइमा सहभागी बनौँ भनी जनचेतनामूलक अभियान सुरु गरिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वागमती समिति, नेपाल विज्ञापन सङ्घ, एस ट्राभल्स, उप्रेती समाजलगायतको संस्थागत सहभागिता थियो । सफाइमा पूर्व सचिव किशोर थापा, वागमती समितिका सदस्यद्वय सुष्मा शर्मा, श्रेष्ठ र आयोजना प्रमुख राजेशप्रसाद सिंह एवम् समाजका अध्यक्ष डा रामप्रसाद उप्रेतीलगायत ६०० व्यक्ति सहभागी हुनुहुन्थ्यो ।
गुह्येश्वरीदेखि गोकर्णसम्मको वागमतीमा आज राम्रो जोरपाटी हाम्रो जोरपाटीको नारासहित पुडासैनी मैत्री समाजले १२३ औँ हप्ताको सफाइ गरेका छन् । सफाइपछि नदी किनारमा रोपिएका बिरुवा गोडमेल पनि गरिएको कार्यक्रम संयोजक उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
यसैगरी रुद्रमती, विष्णुमती र नख्खुखोलामा पनि सफाइ गरिएको छ । आगामी शनिबार वागमती सफाइको १६३ औँ हप्तामा पनि थापाथली, कुपण्डोल क्षेत्रको वागमतीमै सफाइ गरिने सो अवसरमा जानकारी दिइयो । वागमती सफाइ १६२ हप्तामा पुग्दा प्रभावित भएर धनगढीवासीले आजबाट धनगढीबजार सफाइ गरेका छन् । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल पनि सहभागी हुनुभयो ।
SOURCES
![]() |
0 comments:
Post a Comment