छुवाछूत अन्त्यको माग गर्दै विप्लप माओवादी द्धारा जिप्रकामा ज्ञापनपत्र


biplabb



काठमाडौँ, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले राजधानी काठमाडौँलगायत मुलुकभरि व्याप्त जातीय भेदभाव तथा छुवाछूतका घटनाको अन्त्य गरिनुपर्ने माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र प्रस्तुत गरेको छ ।देशलाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्नुका साथै जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन, २०६८ जारी भएको लामो समयसम्म पनि राजधानी काठमाडौँमा नै दलित समुदायले छुवाछूतको पीडा भोग्नुपरेकाले त्यसको अन्त्य गरिनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
सो पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल काठमाडौँ जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीमार्फत प्रधानमन्त्रीसमक्ष पु¥याउने गरी २७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेसमेत माग गरिएको छ ।
‘नागरिकताबाट वञ्चित विशेष गरी तराई÷मधेसी दलित लाई विशेष व्यवस्थामार्फत नागरिकताको व्यवस्था गरियोस् र दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित उद्योग व्यवसायमा उनीहरूलाई अग्राधिकार प्रदान गरिनुका साथै दलित समुदायद्वारा सञ्चालित उद्योगलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराइयोस्’ – ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझाउँदै मोर्चाका काठमाडौँ जिल्ला अध्यक्ष हरि नेपालीले युगौँदेखि उत्पीडनमा पारिएका भूमिहीन एवम् सुकुम्बासी दलित समुदायलाई व्यावहारिक रूपमा जमिनको व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी सुवेदीले मोर्चाले प्रस्तुत गरेका मागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने बताउनुभयो । मोर्चाले विभिन्न २७ बुँदे माग राखेर आज ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । रासस
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment