माइती घरमा सुतिरहेकी श्रीमतीको मध्यरातमा बन्चरो प्रहार गरि हत्या


सुर्खेत, असार ७ - पारिवारिक विवादका क्रममा बन्चरो प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । 

सात दिन अघि मात्रै भारतवाट आएका सुर्खेतको भेरीगंगा नगरपालिका सानोजात्रीका बीरवहादुर कुमाल मगरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले माइतीको घरमा सुतिरहेकी श्रीमती धनसरालाई बन्चरो प्रहरी गरी बीरवहादुरले हत्या गरेको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुले भाउजु र तीन छेराछोरीसँगै सुतेकी धनसराको राती २ बजेतिर वीरबहादुरले हत्या गरेको स्वीकार गरेको बताएको छ ।

कसैलाई थाहै नदिई ससुराली गएका बीरवहादुरले हत्यापछि बन्चरो नजिकैको खोलामा लगेर फालेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक जयसिंह बिष्टले बताएका छन् । 

प्रहरीले सात दिन अघि मात्रै भारतवाट आएका कुमालले पारिवारिक विवादमा श्रीमतीको हत्या गरेको बयान दिएको र उनको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । - See more at: http://dcnepal.com/news/news.php?nid=217674#sthash.T9X8Gsl1.dpuf
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment