रबि लामिछानेले प्रधानमन्त्रीलाइ देखाइदिय ऐअरपोर्टमा फेसबुक चलाएयर बस्ने कर्माचारीहरु

शनिबार राति NTV बाट प्रसारण हुने प्रधानमन्त्री संग सिधा कुरा कार्यक्रममा जनताहरुका यति गुनासो आउँछन् कि प्रधानमन्त्रीलाई त्यो भनेर र सुनेर साध्यनै छैन । नेपाली जनताका प्रश्न सुन्दा लाग्छ देशमा धरै समस्या छ । जनताहरु केहि न केहि समस्या बाट पिडित भईरहेका छन् ।
कुनै पनि समस्या र बाधा नभएका नेपाली जनताहरुको मानौ संख्यानै छैन । प्रधानमन्त्रीले पनि अब नेपाली नागरिकका गुनासो र पीडाहरुलाई तखतामा पोको पारेर नराख्ने निर्णय गरेकै हुनुपर्छ ।आम नागरिकको प्रश्नले आजित बनेका प्रधानमन्त्रीले धरै पाएनन् र निस्किय छड्के जाँचमा अन्तरराष्ट्रीय विमानस्थलको। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रूपमा छड्केमा आफैं गएका प्रधानमन्त्रीले झण्डै एक घण्टा विमानस्थल निरीक्षण गरेका थिए। प्रधानमन्त्रीसँग अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत विमानस्थल गएका थिए। अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती व्यहोर्नुपरेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले आकस्मिक निरीक्षण गरेका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री आकस्मिक निरीक्षणमा गएको बेला विमानस्थलमा सेवाग्राहीलाई सेवा दिन भइरहेको ढिलाइ, सरसफाइको अवस्था लगायतको विषयमा जानकारी लिएका थिए। प्रधानमन्त्रीले विमानस्थलको प्रतिक्षालय लगायतका विभिन्न विभागहरुको निरीक्षण गरेका थिए।
विमानस्थलको निरीक्षणपछि प्रधानमन्त्रीले प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, अनअराइभल भिसाको शुल्क तिर्ने ठाउँमा भएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देशन दिएका छन्। विमानस्थलमा काम गर्ने कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाँचमा केहि कसर नगर्न सरोकारवाला पक्षलाई निर्देशन दिएका थिए ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment