काबुल आक्रमणमा मारिने सबै नेपाली भएको पुष्टि (अपडेट)


kabul


 अफगानिस्ताको राजधानी काबुलमा सोमबार बिहाान भएको आतंकवादी हमलामा १४ जना मारिएका छन् । अफगानिस्तार सरकारले मारिने सबै नेपाली भएको पुष्टि गरेको हो ।
बम विस्फोटमा ३० जना भन्दा बढी घाइते भएका छन् । सोमबार बिहान मिनी बसलाई लक्षित गरी गरिएको आत्मघाती बम विस्फोटमा सो घटना भएको हो । विस्फोटलगत्तै उद्धारका लागि प्रहरी घटनास्थल पुगेको थियो । घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
काबुलको पुल–ए–चार्खिल क्षेत्रमा आत्मघाती आक्रमणकारीले एउटा अन्तर्राष्ट्रिय संस्थाको बस नजिकै आफूसँग रहेको विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ । वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा एक महिला र ९ सय २१ जना पुरुष गरी ९ सय २२ जना रोजगारीका लागि पुगेका छन् ।
काबुलमा भएको आक्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले ट्विट गर्दै नेपाली परेको जनाएका थिए ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment