![]() |
काठमाडौं, १ असार । भारत प्रशासित जम्मू–काश्मीरको जम्मूमा दुई मुस्लिम युवाले मन्दिरको अपमान गरेपछि सम्प्रदायिक तनाव बढेको छ ।
साम्प्रदायिकता बढेपछि स्थानीय प्रशासनले केही क्षेत्रमा कर्फ्यू जारी गरिसकेको बीबीसीले जनाएको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मंगलबार रुपनगर क्षेत्रमा एक चिकित्सकको क्लिनिकमा बसेका दुई युवकले शम्भू मन्दिर तोडफोड गरेका थिए । साथै प्रहरीका एक अधिकारीले मन्दिरको पुजारी माथि हातपात गरेपछि सम्प्रदायिकता बढेको बताइएको छ । कट्टर हिन्दूवादी संगठन श्रीराम सेनाले बुधबार जम्मूमा आम हड्तालको आह्वान गरेको बीबीसीले उल्लेख गरेको छ ।
![]() |
0 comments:
Post a Comment