सेल्फी खिच्दै हुनुहुन्छ ? होसियार म्याग्दीमा एक युवकको ज्यानै गयो


images




बाबियाचौर (म्याग्दी), असार । म्याग्दीको दाना–२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको मृत्यु भएको छ ।रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने–७ का २४ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार साथीसँगै मुस्ताङ घुम्न जान हिँडेका घिमिरे तस्बिर खिच्ने क्रममा चिप्लिएर झरनाको तलाउमा खसेका थिए । उनको शव तलाउ बाहिर अड्किएको छ । प्रहरीका अनुसार घिमिरे एसबिआई बैंकको दमौली शाखाका कर्मचारी हुन् ।
शव रहेको ठाउँसम्म पुग्ने बाटो नभएकाले कठिनाइ भएको छ । नेपाली सेना र प्रहरीको टोलीले शवलाई बाहिर निकाल्ने प्रयास गरेका छन् 

SOURCES
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment