![]() |
जाकार्ता ,पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी पहिरोमा परी कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस पहिरोमा परी अन्य २६ जना वेपत्ता भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले आइतबार जानकारी दिएको छ ।
यस प्रकोपमा परी जाभा प्रान्तको पुर्वोरेजो, बानजार्नगारा, केबुमेन जिल्लाहरुका बढी व्यक्ति प्रभावित भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ताले सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ । साथै यस प्रकोपमा परी दर्जनौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ ।
![]() |

0 comments:
Post a Comment