‘प्रेमगीत’ अब युट्युबमा (भिडियो सहित)

गत बर्ष दर्शकको मन जित्न सफल फिल्म ‘प्रेमगीत’ युट्युबमा आएको छ । उक्त फिल्म नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको थियो । अन्ततः ‘प्रेमगीत’ अफिसियल रुपमै युट्युवमा आएको छ ।
भिसिडी तथा ईन्टरनेट प्रदर्शनको अधिकार लिएको कम्पनि ओएसआर डिजिटलले ‘प्रेमगीत’ लाई विश्वव्यापी रुपमा ईन्टरनेट रिलिज गरेको हो । पाईरेसीको कारण फिल्म यसअघि नै बाहिरिए पनि युट्युवमा समेत फिल्मले दर्शकको मन जित्ने ओएसआरका तर्फबाट ओम अग्रवालले बताएका छन् ।
नेपाल सँगै अन्य देशरुमा प्रदर्शनमा आएको ‘प्रेमगीत’ले सांगीतीक रुपमा बेग्लै छाप बनाएको छ । स्वदेश तथा विदेश प्रदर्शनबाट फिल्मले लगानी उठाउँदै गर्दै नाफाको विजनेस गरेको फिल्मका निर्माता सन्तोष सेनले बताएका छन् । अहिले उनि सिक्वेल फिल्म ‘प्रेमगीत २’ निर्माणमा लागीपरेका छन् ।
फिल्मलाई सन्तोष सेनको निर्माणमा सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का,पूजा शर्मा,सरोज खनाल लगाएत कलाकारहरुले अभिनय गरेका छन् । फिल्मका नायिका पूजा शर्माले कामबाट राम्रै प्रशंसा पाईन् । त्यसोत नायक प्रदिप खड्का पनि नेपाली फिल्म उद्योगको लागी उदाउँदो नक्षत्रको रुपमा उदाएका छन् ।


SOURCES
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment