![]() |
काठमाडौँ १ असार । भूकम्प गएको १३ महिनासम्म पुनर्निर्माणको पर्खाइमा रहेका जिल्लाका भूकम्पपीडितलाई लक्षित गरी सरकारले बनाउन लागेको सामूहिक आवास निर्माणको प्रक्रियामै किचलो सुरु भएको छ ।
भूकम्पपछि सिन्धुली जिल्लामा सामूहिक आवास निर्माण सुरु गर्न सहरी विकास तथा भवन डिभिजन आयोजना कार्यान्वयन इकाले आहृवान गरेको ठेक्का प्रक्रियामा सहभागी ठेकेदारहरुले नक्कली कागजात पेस गरेको आरोप लागेपछि निर्माण कम्पनी छनोटमा किचलो सुरु भएको
गोरखा कन्स्ट्रक्सनल प्रालिले ठेक्का प्राप्त गर्न नक्कली कागजात पेस गरेको आरोप छ । कन्स्ट्रक्सनले ठेक्का प्राप्त गर्न पेस गरेको कार्य अनुभवको प्रमाणपत्र नक्कली भएको निर्माण व्यवसायीले आरोप लगाएका हुन् ।ठेक्का प्रक्रियामा सहभागी निर्माण कम्पनीहरुले गोरखा कन्स्ट्रकसन विरुद्ध जिल्ला प्रशासन र अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
उनीहरुले गोरखालाई उक्त टेन्डर दिन नहुन र फेरी टेन्डरको आहृवान गर्नुपर्ने भनेपछि समस्या पैदा भएको हो । गोरखा कन्स्ट्रक्सनले कमलामाइ नगरपालिका, दुधौली र कपिलाकोट गाविसमामा निर्माण हुन लागेको १२ करोड ४८ लाख ४ हजार ९ सय ९१रुपैयामा निर्माण कार्य सम्पन्न गर्ने कबोल रकमसहित ठेक्का प्राप्त गरेको थियो । अाजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
![]() |

0 comments:
Post a Comment