![]() |
मिडिया एनपी, मुगु, २ असार । मुगुमा यार्सा लुटेराले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मुगुको यार्सा संकलन क्षेत्र पाटनमा हतियारसहित प्रवेश गरेकाहरुले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको बताइउको छ ।
पाटन लेकमा हतियारसहित यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्ध चलाएका बताइउको छ । ठूलो कोइकीमा यार्सा संकलकको सुरक्षाका लागि सशस्त्र प्रहरीले बेस क्याम्प खडा गरेको बसेको छ ।
तर, यार्सा लुट्ने आएका व्यक्तिले उच्च पाटन क्षेत्रबाटै प्रवेश गरी गोली चलाएको अनुमान गरिएको छ । पाटन क्षेत्रमा यार्सा संकलकको सुरक्षाका लागि ४६ जना सशस्त्र सहित जिल्लाबाट १ सय २६ जना सुरक्षाकर्मी खटाइएको थियो ।
![]() |

0 comments:
Post a Comment