![]() |
मिडिया एनपी, काठमाडौं । किशोरावस्थामा आउने डन्डीफोरले प्रायः सबैलाई चिन्तित् बनाएको हुन्छ । यसले अनुहारलाई विगार्ने भएकाले सबैभन्दा चिन्ताको विषय बनेको हुन्छ । तर। यस प्रति सामान्य सावधानी र केही उपाय अपनाइएको यसको चिन्ता लिनुपर्ने आवश्यक देखिँदैन ।
डन्डीफोर आउन नदिने यी ५ घरेलु उपाय
१. आलु :
आलुलाई टुक्रा पारेर अनुहारमा करिब १५ मिनेट रेगडेर राख्नुहोस् । यसक्रममा आलुको टुक्रा सुख्खा भए अर्काे टुक्रा प्रयोग गर्नुहोस् । त्यसपछि सुकेको अनुहारमा मोस्चराइजर लगाउनु होस् । हप्तामा ३–५ पटक सम्म यस विधिलाई प्रयोग गर्नुहोस् ।
२. कागतीको रस
कागतीको रस पनि डन्डीफोर निको पार्न औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । डण्डीफोरको दागमा कागतीको रस लगाएर सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्दा प्रभावकारी हुन्छ ।

३. मह, घ्युकुमारी र निमको पात
मह, घ्युकुमारी र निमको पातको प्रयोगबाट पनि डन्डीफोर आउन नदिन सकिन्छ । यदी आएको छ भने हटाउन सहयोग पुग्छ । एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउने र त्यसमा केही निमको पात क्रस गरेर राख्ने तथा त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नु पर्ने हुन्छ । र अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउने र सुकेपछि राम्रो सँग धुने । यो विधि दैनिक अपनाउनु आवश्यक छ ।
४. सूर्यको किरण र भिटामिन
शरीरमा आवश्यक भिटामिन पूर्तिका लागि सोही अनुसारको खाना खानु पर्नेहुन्छ । साथै विहानको सूर्यको किरण अनुहारमा पार्दा लाभदायी हुन्छ ।
५. गोलभेंडा
गोलभेंडा काटेर डण्डीफोरमा आएको स्थानमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस विधिलाई हप्तामा दुई पटक सम्म अपनाउनुहोस् ।
![]() |
0 comments:
Post a Comment